Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

रसुवागढी हाइड्रोपावरले आईपीओ निष्कासन गर्न सेबोनबाट पायो अनुमति

रसुवागढी हाइड्रोपावरले आईपीओ निष्कासन गर्न सेबोनबाट पायो अनुमति

दैनिकी न्यूज

३१, जेठ २०७९
रसुवागढी हाइड्रोपावरले आईपीओ निष्कासन गर्न सेबोनबाट पायो अनुमति
images

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीयको लागि आईपीओ निष्काशन गर्न आज नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।

कम्पनीले रसुवा जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १०० कित्ता शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।

रसुवागढी हाइड्रोपावरले जारी पूँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँको १५ प्रतिशत अर्थात १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ६३ हजार १५० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरिसकेको छ ।

रसुवा जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १० कित्ता शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ पुग्नेछ ।

आयोजना रसुवा जिल्लाको गोसाइकुण्ड गाँउपालिका साविकको थुमन र टिमुरे गाविसमा रहेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । 

images
प्रकाशित मिति :जेठ ३१, २०७९ मंगलवार - २१:२२:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology