Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

शुक्रबार पनि सेयर बजारमा नियमित कारोबार

शुक्रबार पनि सेयर बजारमा नियमित कारोबार

दैनिकी न्यूज

२५, बैशाख २०७९
शुक्रबार पनि सेयर बजारमा नियमित कारोबार
images

काठमाडौं । हाल अड लटको मात्र कारोबार हुँदै आएको शुक्रवार पनि सेयर बजारमा नियमित कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा हाल आइतबारदेखि बिहीबारसम्म पाँच दिन नियमित कारोबार हुँदै आएको छ भने शुक्रबार ुअड लटको मात्र कारोबार हुँदै आएको छ।

सरकारले पेट्रोलियम पदार्थको बचत गर्ने नाममा १ जेठदेखि शनिवार र आइतबार सातामा दुई दिन बिदा दिने घोषणा गरेका कारण नियमित सेयर कारोबार चार दिनमा खुम्चने आशङ्काका बीच नेपाल धितोपत्र बोर्डले शुक्रवार पनि नियमित कारोबार पाँचै दिन गरिने जनाएको हो। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पुँजी बजार सम्मेलनमा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरअनुसार सेयर बजार शुक्रबार पनि खोल्ने निर्णय गरिएको जानकारी दिए । आजको कारोबार दैनिकमा समाचार छ । 

images
प्रकाशित मिति :बैशाख २५, २०७९ आइतवार - ०६:२६:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology