Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

सर्वसाधारणको लागि रिभर फल्स पावरले बैशाख २८ गतेदेखि आईपीओ निष्काशन गर्ने

सर्वसाधारणको लागि रिभर फल्स पावरले बैशाख २८ गतेदेखि आईपीओ निष्काशन गर्ने

दैनिकी न्यूज

२०, बैशाख २०७९
सर्वसाधारणको लागि रिभर फल्स पावरले बैशाख २८ गतेदेखि आईपीओ निष्काशन गर्ने
images

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले बैशाख २८ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। जसमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

निष्काशन बन्द छिटोमा जेठ ४ गते हुनेछ भने ढिलोमा जेठ ११ गते हुनेछ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो शेयर वेब तथा एप मार्फत पनि आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

images
प्रकाशित मिति :बैशाख २०, २०७९ मंगलवार - ११:५४:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology