Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

नेप्सेमा १३ लाख कित्ता शेयर सूचिकृत

नेप्सेमा १३ लाख कित्ता शेयर सूचिकृत

दैनिकी न्यूज

२०, बैशाख २०७९
नेप्सेमा १३ लाख कित्ता शेयर सूचिकृत
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार १३ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज नेप्सेमा २ कम्पनीको गरि कुल १३ लाख २ हजार ९ सय ६४ दशमलव ३२ कित्ता शेयर सुचिकृत भएको हो ।

आज हिमालयन जनरल इन्स्योरेन्सको ६।६५ प्रतिशतले हुन आउने ७ लाख ३१ हजार ७ सय २४ कित्ता बोनस शेयर र समता घरेलु लघुवित्तको २० प्रतिशतले हुन आउने ५ लाख ७१ हजार २ सय ४० दशमलव ३२ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

images
प्रकाशित मिति :बैशाख २०, २०७९ मंगलवार - ०६:३५:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology