Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

वडाध्यक्षमा निर्वाचित भए कुनै पनि सरकारी सुविधा नलिने अभिनेता राज घिमिरेको घोषणा

वडाध्यक्षमा निर्वाचित भए कुनै पनि सरकारी सुविधा नलिने अभिनेता राज घिमिरेको घोषणा

दैनिकी न्यूज

१७, बैशाख २०७९
वडाध्यक्षमा निर्वाचित भए कुनै पनि सरकारी सुविधा नलिने अभिनेता राज घिमिरेको घोषणा
images

देवकी थापा/ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–३ मा वडाध्यक्षका उम्मेदवार बनेका अभिनेता राज घिमिरेले वडाध्यक्षमा निर्वाचित भएमा कुनै पनि सरकारी सुविधा नलिने बताएका छन्। उनले आफ्नो नाममा आएको तलब र अन्य सुविधा गरिब र जेहेन्दारको लागि खर्च गर्ने प्रतिबद्धता जनाएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफू वडाध्यक्ष बनेपछि गरिब र जेहेन्दारको पक्षमा काम गर्ने समेत बताएका छन्। ‘म विजयी भए पश्चात पाँच वर्षसम्म कुनै पनि सरकारी सवारी साधनको सुविधा लिने छैन,’ उनले फेसबुकमा लेखेका छन्, ‘कुनै पनि तलब भत्ता लिनेछैन, बरु त्यो रकम गरिब र जेहेन्दार विद्यार्थीको अध्ययनको लागि खर्च गर्नेछु।’
उनी नेकपा (माओवादी केन्द्र) बाट उक्त वडाका उम्मेदवार बनेका छन्। घिमिरे कलाकारिता क्षेत्र छाडेर पछिल्लो एक दशकदेखि सामाजिक कार्यमा लागेका छन्। उनले लुट, चपलि हाइटलगायत चलचित्र र थुप्रै म्युजिक भिडियोमा अभिनय गरेका छन्।

 

यो पनि पढ्नुहोस

कलाकार राज घिमिरे भन्छन्– आजसम्म गोदावरीकै हितको निम्ति काम गरें भोली पनि यही गर्छु

को हुन्– गोदावरी नगरपालिका–३ का वडाध्यक्ष उम्मेदवार राज घिमिरे ?

राज घिमिरेले जम्मा गरे विपद व्यवस्थापन कोषमा ५५ हजार !

‘एकछाक खाजामा केटाकेटी पढाइदिन्थेँ’ : नायक राज घिमिरे

लक डाउनमा समस्या परेकालाई राहत बाड्दै नायक घिमिरे

images
प्रकाशित मिति :बैशाख १७, २०७९ शनिवार - ०७:४५:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology