Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

यसरी भयो सीवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँट

यसरी भयो सीवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँट

दैनिकी न्यूज

१५, बैशाख २०७९
यसरी भयो सीवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँट
images

काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बिहान नक्साल स्थित आफ्नै कार्यालयमा आईपीओ बाँडफाँड गरेको हो । गोलाप्रथाको माध्यमबाट भएको बाँडफाँटमा पहिलो चरणा ३६ हजार ९४८ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । यसरी बाँडफाँट गर्दा बाँकी रहेको ८ कित्ता शेयर दोस्रो चरणमा ८ जनाले थप १ कित्ताका दरले हात पारेका छन् । यसरी हेर्दा कम्पनीको आईपीओ ८ जना भाग्यमानी आवेदकहरुले ११ कित्तासम्म प्राप्त गरेका छन् ।

कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिएका मध्य २१ लाख ६८ हजार ६ सय ८५ जना आवेदकको हात खाली भएको छ । विक्री प्रबन्धकका अनुसार यस आईपीओ खरीदका लागि कुल २२ लाख ५ हजार ६ सय ६३ जनाले २ करोड ४५ लाख २० हजार १ सय ४० कित्ताको लागि आवेदन दिएका थिए ।

कुल आवेदकहरुमध्ये ३ हजार २ सय ७२ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ । योग्य २२ लाख २ हजार ३ सय ६१ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर आईपिओ बाँडफाँड गरिएको हो ।

कम्पनीले बैशाख २ गतेदेखि बैशाख ६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले रू. ३ करोड ९५ लाख ३३ हजार ६०० बराबरको ३ लाख ९५ हजार ३३६ कित्तामध्ये ३ लाख ६९ हजार ४८८ कित्ता आईपीओ सार्वजनिक निष्कासन मार्फत विक्री गरेको थियो । कुल कित्ता आईपीओमध्ये कम्पनीले ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ ।

images
प्रकाशित मिति :बैशाख १५, २०७९ बिहिवार - ११:१६:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology