Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

अपि पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

अपि पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

दैनिकी न्यूज

१५, बैशाख २०७९
अपि पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
images

काठमाडौं । अपि पावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिने बिहीबार ९आज० अन्तिम दिन रहेको छ । कम्पनीले २०७८ चैत २५ गतेदेखि १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । शेयरधनीले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि २०७८ चैत १४ गते बुक क्लोज गरेको थियो । यस आधारमा चैत १३ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । यो हकप्रद शेयर बाँडफाँट पश्चात् उक्त पूँजी ३ अर्ब ८४ करोड रुपैयाँ पुग्नेछ ।

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयर सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् । 

images
प्रकाशित मिति :बैशाख १५, २०७९ बिहिवार - ०८:१८:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology