काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख २०० रुपैयाँ र तेजाबी सुन ९९ हजार ७०० रुपैयाँमा झरेको छ।
हिजो आइतबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ५०० रुपैयाँ र तेजाबी सुन १ लाख रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।