काठमाडौँ। साताको छैटौ दिन शुक्रबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ सय रुपैयाँ कायम रहेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तेजाबी सुन प्रतितोला एक लाख ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो ।
त्यस्तै यस दिन चाँदी तोलामा नै २० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो कारोबार दिन पनि चाँदी तोलामा पाँच रुपैयाँले घटेको थियो ।