काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज बढेको छ । हिजो सुनको भाउ प्रतितोला एक लाख एक हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा एक लाख दुई हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ प्रतितोला एक लाख एक हजार ५ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १४ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।