Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

नेप्सेः २०७८ सालको सुखद् बिदाइ

नेप्सेः २०७८ सालको सुखद् बिदाइ

दैनिकी न्यूज

३०, चैत्र २०७८
नेप्सेः २०७८ सालको सुखद् बिदाइ
images

काठमाडौं । २०७८ सालको अन्तिम कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ। पछिल्ला दुई कारोबार दिनमा नै सय अंक अधिकको उतार चढाव देखिएको सेयर बजार अन्ततः २०७८ सालको अन्तिम कारोबार दिन दोहोरो अंकले बढेर बन्द भएको छ।

बुधबार नेप्से ३०.२४ अंकले बढेर २४१५.२४ विन्दुमा पुगेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.९७ अंकले बढेर ४५६.०९ को विन्दुमा पुगेको छ।

यसदिन २२९ कम्पनीको १ अर्ब ४७ करोड ६३ लाख १८ हजार १०४ रुपैयाँ बराबरको ३३ लाख ९८ हजार ६४३ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । अन्य समूह सबैभन्दा धेरै २.२८ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स समूह् पनि २ प्रतिशतले बढेको छ ।

आज करोबारमा आएको २२९ कम्पनीमध्ये १८५ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको घटेको छ । १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, अरुण भ्याली हाइड्रोपावर ५ करोड र हिमालयन डिस्ट्रीलरी ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले बढेको बजारमा नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, आरएमडीसी माइक्रोफाइनान्स ८.९८, राष्ट्र उत्थान लघुवित्त ७.१९, मिथिला लघुवित्त, स्वाबलम्बन लघुवित्त, जाल्पा लघुवित्त, कालिका र इन्फिनिटी लघुवित्तको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ । त्यस्तै, समता घरेलु, गणपति लघुवित्त र नेपाल एसबीआई बैंकको सेयर मूल्य ५ प्रतिशतले बढेको छ ।

यस दिन सर्वाधिक गुमाउने युनाइटेड इदी मार्दी आरबीका लगानीकर्ता हुन्। कम्पनीको सेयर मूल्य २.०८ प्रतिशत घटेको छ। नयाँ सारथी लघुवित्तका सेयरधनीहरुले पनि १.९० प्रतिशत गुमाए। 

images
प्रकाशित मिति :चैत्र ३०, २०७८ बुधवार - १५:४०:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology