Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

उपकार लघुवित्तको आईपीओमा आवेदन दिने आजसम्म दिन

उपकार लघुवित्तको आईपीओमा आवेदन दिने आजसम्म दिन

दैनिकी न्यूज

३०, चैत्र २०७८
उपकार लघुवित्तको आईपीओमा आवेदन दिने आजसम्म दिन
images

काठमाडौं । चैत २५ गते शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने समय आज सकिँदैछ । आवेदन दिने म्याद हिँजै सकिने भनिएको भएपनि कम्पनीको आईपीओ विक्रीकै क्रममा चैत २७ गते राम नवमी पर्वको सार्वजनिक विदा परेकाले आवेदन दिने अवधि एक दिन थप गरिएको थियो । थपिएको समयअनुसार आज बैंकिङ समयपछि आईपीओमा आवेदन दिने समय सकिनेछ ।

कम्पनीको आईपीओ खरिदका लागि मंगलबार साझसम्म करिब ११५ गुणा बढी आवेदन परिसकेको छ । कम्पनीले सार्वजनिक निष्कासनमार्फत २ लाख २१ हजार १५६ कित्ता शेयर मात्र विक्री खुला गरेको हो ।

कम्पनीले जारी पूँजी रू. ६ करोड ५६ लाख २५ हजारको ३६ प्रतिशतले हुन आउने प्रतिशेयर रू। १०० अंकित दरको रू. २ करोड ३६ लाख २५ हजार बराबरको २ लाख ३६ हजार २५० कित्ता शेयर सर्वसाधारणमा वितरण गर्न लागेको हो । सार्वजनिक निष्कासनमा आएको बाहेक कम्पनीले शून्य दशमलव ५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता शेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ ।

मागभन्दा बढी आवेदन परिसकेको यो आईपीओ चैत २९ गते मंगलवारसम्म मात्र विक्रीमा रहनेछ । आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयरको वेबसाइट र एपबाट पनि आईपीओ खरीदको लागि आवेदन दिन सकिनेछ ।

images
प्रकाशित मिति :चैत्र ३०, २०७८ बुधवार - ०७:२०:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology