Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

सिवाईसी नेपाल लघुवित्तको आईपीओ वैशाख २ गतेदेखि निष्कासन

सिवाईसी नेपाल लघुवित्तको आईपीओ वैशाख २ गतेदेखि निष्कासन

दैनिकी न्यूज

२४, चैत्र २०७८
सिवाईसी नेपाल लघुवित्तको आईपीओ वैशाख २ गतेदेखि निष्कासन
images

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७९ वैशाख २ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

लघुवित्तले १०० रुपैयाँ अंकित ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्न लागेको हो। लघुवित्तले निष्काशन गर्न लागेको कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहररूका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आइपीओमा २०७९ वैशाख ६ गते आवेदन दिन सकिने छ । मागअनुसार आवेदन नपरे वैशाख १६ गतेसम्म आवेदन खुला रहने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

images
प्रकाशित मिति :चैत्र २४, २०७८ बिहिवार - ०७:२६:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology