Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१०, चैत्र २०७८
सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज (बिहीबार) फेरि बढेको छ । हिजो सुनको भाउ प्रतितोला ९९ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ११ सयले बढेको हो । बुधबार सुनको भाउ तोलामा ११ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा एक लाख ३ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९९ हजार ८ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो चाँदीको भाउ प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १३ सय ७५ रुपैयाँ भाउ कायम गरिएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र १०, २०७८ बिहिवार - ११:१६:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology