Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

सोमबार नेप्से सूचक दोहोरो अंकले बढ्यो, चार कम्पनीको बोनस सूचिकृत

सोमबार नेप्से सूचक दोहोरो अंकले बढ्यो, चार कम्पनीको बोनस सूचिकृत

दैनिकी न्यूज

७, चैत्र २०७८
सोमबार नेप्से सूचक दोहोरो अंकले बढ्यो, चार कम्पनीको बोनस सूचिकृत
images

काठमाडौं । आज नेप्से परिसूचक १७ दशमलव ९९ अङ्कले बढेर दुई हजार ६३४ दशमलव ५७ विन्दुमा पुगेको छ ।

आज होटल र अन्य समूहबाहेक अरू सबै समूहको शेयर बढ्दा विकास बैंक, बीमा, फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज २३१ कम्पनीको ५१ लाख ८९ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् । आज दुई अब ५९ करोड २७ लाखको कारोबार भएको छ ।

२० करोड ९४ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित आज नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण भ्याली हाइड्रोपावर र जीवन विकास लघुवित्त परेका छन् ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि एनटीसीको शेयर झन्डै तीन प्रतिशतले घटेको छ ।

चार कम्पनीको बोनस शेयर सूचिकृत
नेप्सेमा चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

नेपाल एसबिआई बैंक लिमिटेको ३ दशमलव ५० प्रतिशत, वोमी लघुवित्तको २० प्रतिशत, प्राइम लाईफ इन्स्योरेन्सको १५ प्रतिशत र पोखरा फाइनान्सको ८ दशमलव शून्य ७५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेपाल एसबिआई बैंकले उक्त बोनस शेयर बापतको ३३ लाख २२ हजार ७५२ दशमलव २६०३ कित्ता, वोमी लघुवित्तको ८ लाख २३ हजार ८८८ दशमलव ८० कित्ता, प्राइम लाईफको ३६ लाख २५ हजार ५८५ दशमलव ५४ कित्ता र पोखरा फाइनान्सको ७ लाख ७७ हजार ७४० दशमलव २३ कित्ता शेयर नेप्सेमा थपिएको हो ।

मंगलवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सकनेछन् । 

images
प्रकाशित मिति :चैत्र ७, २०७८ सोमवार - २०:००:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology