काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज आइतबार दोहोरो अंकले घटेको छ । आज नेप्से १४ दशमलव ६७ अंकले घटेर दुई हजार ६ सय १६ दशमलब ५८ विन्दुमा रोकिएको हो । दिनभर भएका ३५ हजार २१२ कारोबारबाट २२४ कम्पनीका ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँमा रोकिएको छ ।
आज कारोबार भएका ४६ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने १४१ कम्पनीका लगानीकर्ताहरुले भने गुमाएका छन् । यसमध्ये आज दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको । जुन राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाल लिमिटेड रहेका छन् । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ६२५।९० रुपैयाँ पुगेको छ भने इमर्जिङ नेपालको शेयरमूल्य आज ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५१९.८० रुपैयाँ पुगेको छ ।
त्यस्तै, मैलुङ खोला जलविद्युत कम्पनी, शिवश्री हाइड्रोपावर, प्रभु लाइफ, एभरेष्ट इन्स्योरेन्स र बिशाल बजार कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ३ प्रतिशत भन्दा बढीले घटेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे भएको छ । यस कम्पनीको आज १६ करोड २९ लाख भन्दा बढीको कारोबार भएको छ ।
तीन ओटा कम्पनीको बोनस शेयर सूचीकृत
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज आइतबार २ वाणिज्य बैंक सहित ३ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज एभरेष्ट बैंक, एनएमबी बैंक, र गणपति लघुवित्तको गरि कुल २ करोड ५९ लाख ८५ हजार ६ सय ५९ दशमलव २०५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
आज एभरेष्ट बैंकको ६ प्रतिशतले हुन आउने ५३ लाख ३६ हजार २ सय ३० दशमलव ३१ कित्ता बोनस शेयर, एनएमबि बैंकको १२।५० प्रतिशतले हुन आउने २ करोड ४ लाख ७ हजार ४ सय ५१ दशमलव ०७ कित्ता बोनस शेयर र गणपति लघुवित्तको १९ प्रतिशतले हुन आउने २ लाख ४१ हजार ९ सय ७७ दशमलव ८२५० कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।
एभरेष्ट बैंकले पुस १ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
त्यसैगरी एनएमबि बैंकले पुस २२ गते सम्पन्न वार्षिक सधारण सभाबाट पारित १२ दशमलव ५० प्रतिशत बोनस शेयर र गणपति लघुवित्तले पुस १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।