काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज आइतबार २ वाणिज्य बैंक सहित ३ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज एभरेष्ट बैंक, एनएमबी बैंक, र गणपति लघुवित्तको गरि कुल २ करोड ५९ लाख ८५ हजार ६ सय ५९ दशमलव २०५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
आज एभरेष्ट बैंकको ६ प्रतिशतले हुन आउने ५३ लाख ३६ हजार २ सय ३० दशमलव ३१ कित्ता बोनस शेयर, एनएमबि बैंकको १२।५० प्रतिशतले हुन आउने २ करोड ४ लाख ७ हजार ४ सय ५१ दशमलव ०७ कित्ता बोनस शेयर र गणपति लघुवित्तको १९ प्रतिशतले हुन आउने २ लाख ४१ हजार ९ सय ७७ दशमलव ८२५० कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।
एभरेष्ट बैंकले पुस १ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
त्यसैगरी एनएमबि बैंकले पुस २२ गते सम्पन्न वार्षिक सधारण सभाबाट पारित १२ दशमलव ५० प्रतिशत बोनस शेयर र गणपति लघुवित्तले पुस १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।