काठमाडौँ। बुधबार २ कम्पनीको लाभांस सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन गरिमा विकास बैंक र एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । साधारण सभा प्रयोजनार्थ गरिमाले चैत ४ गते र एनएलजीले चैत ६ गते बुकक्लोज गर्दैछन्।
चैत ३ गते होली पर्वको सार्वजनिक बिदा छ र नेप्से पनि बन्द रहने छ । त्यसकारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकले सहारा विकास बैंकलाई प्राप्ति गरेपश्चात कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रस्ताव पारित गर्न बैंकले चैत १८ गते पन्ध्रौँ वार्षिक साधारण सभा डाकेको छ। बैंकले होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरामा बिहान साढे १० बजे सभा डाकेको हो।
त्यस्तै एनएलजी इन्स्योरेन्सले चैत १७ गते, बिहान १०ः३० बजे, आम्रपाली ब्याङ्केट, बालुवाटारमा १६ औं वार्षिक साधारण सभा बोलाएको छ।
इन्स्योरेन्सले गत आर्थिक बर्षको मुनाफाबाट सेयर धनीलाई १० प्रतिशत बोनस दिने प्रस्ताब गरेको थियो।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश पारित गर्नेछ।
शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ पुग्नेछ।