Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

चैत ८ गतेदेखि आईपीओ निष्कासन गर्दै ग्रीन भेन्चर्स, कति कित्तासम्म भर्न पाइन्छ ?

चैत ८ गतेदेखि आईपीओ निष्कासन गर्दै ग्रीन भेन्चर्स, कति कित्तासम्म भर्न पाइन्छ ?

दैनिकी न्यूज

३०, फाल्गुण २०७८
चैत ८ गतेदेखि आईपीओ निष्कासन गर्दै ग्रीन भेन्चर्स, कति कित्तासम्म भर्न पाइन्छ ?
images

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले चैत ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिनेछ। सर्वसाधारणले बाँकी २८ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

निष्काशन बन्द छिटोमा चैत ११ गते हुनेछ भने ढिलोमा चैत २२ गते हुनेछ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

images
प्रकाशित मिति :फाल्गुण ३०, २०७८ सोमवार - ०७:३१:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology