Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

शेयर बजारमा उछाल

शेयर बजारमा उछाल

दैनिकी न्यूज

२९, फाल्गुण २०७८
शेयर बजारमा उछाल
images

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक करिब ४ प्रतिशतले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०१.०७ अंकले बढेर २ हजार ६ सय ६७ दशमलव ९७ अंकमा आएर कारोबार बन्द भएकोे छ । नेप्से परिसूचकसँगै सेन्सेटिभ परिसूचक समेत १६.३७ अंकले बढेको छ ।

आजको बजारमा २२८ वटा सेयर कारोबार भएको छ। यसअनुसार ९० लाख २२ हजार कित्ता बिक्री भएको छ। उक्त सेयर ४ अर्ब ८७ करोड ७ लाख १५ हजारमा किनबेच भएको हो।

कारोबार भएका २२८ धितोपत्रहरुमध्ये २०९ धितोपत्रको मूल्य बढेको छ भने ११ वटा धितोपत्रकोमात्रै मूल्य घटेको छ । बाँकी ८ धितोपत्रको कारोबार भए पनि मूल्य स्थिर देखिएको छ ।

कारोबारका आधारमा आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ३४ करोड रुपैयाँको कारोबार भएको हो। त्यस्तै अपि पावर लिमिटेडको ३० करोडको, आईसीएफसीको २१ करोडको, नेपाल टेलिकमको १९ करोडको सेयर खरिदबिक्री भएको छ।

नेप्सेका अनुसार एसियन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, इमर्जिङ नेपाल, कर्पोरेट डेभलपमेन्ट बैंकलगायत सातवटा कम्पनीको सेयरमा सर्किट वा ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

धेरै घट्ने धितोपत्रहरुमा भने मेगा म्युचुअल फण्ड, प्राइम कमर्सीयल बैंकको डिबेञ्चर, कुमारी इक्वीटी फण्ड लगायत देखिएका छन् । 

images
प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - १५:२१:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology