काठमाडौँ : जाल्पा सामुदायिक लघुवित्तको आइपीओ शुक्रबार नेप्सेमा सुचिकृत भएको छ । सुचिकृत भएसंगै फागुन २९ गते आइतबार यसको सेयर कारोबार खुला हुने भएको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १६४.४० रुपैयाँदेखि ४९३.८० रुपैयाँसम्मको रेन्ज तोकेको छ । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ । जाल्पा सामुदायिक लघुवित्तको शेयर कारोबार JALPA सिम्बलबाट हुने छ ।
जाल्पाको चुक्ता पुँजीका आधारमा कायम कुल १६ लाख कित्ता सेयर सूचीकरण गरिएको छ ।
लघुबित्तले माघ २१ गतेबाट २५ गतेसम्म ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपीओ जारी गरेको थियो । यसमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका लागि आवेदन दिएका हुन् ।