Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

आज नेप्से ३०.२९ अंकले घट्यो

आज नेप्से ३०.२९ अंकले घट्यो

दैनिकी न्यूज

२५, फाल्गुण २०७८
आज नेप्से ३०.२९ अंकले घट्यो
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ३०.२९ अंकले घटेर दुई हजार ५ सय १४ दशमलब ६५ विन्दुमा रोकिएको हो । आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका ४९ लाख ५९ हजार ९१९ कित्ता सेयर २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रुपैयाँमा किनबेच भएका छन्।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमा १७१ वटा कम्पनी घटेका छन् भने १९ वटा कम्पनी बढेका छन् । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा माउन्टेन इनर्जी नेपाल रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ८ प्रतिशतले बढेर प्रतिकित्ता ११३५ रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज विशाल बजार कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्धभुमी नेपाल हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ५ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कमपनीकोे भएको छ । यस कम्पनीको आज १० करोड ५२ लाख भन्दा बढीको कारोबार भएको छ । 

images
प्रकाशित मिति :फाल्गुण २५, २०७८ बुधवार - १७:५७:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology