काठमाडौं । नेष्डो लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ।
बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड दिउँसो साँढे ३ बजे बाँडफाँड गर्ने मिति तय गरेको हो।
नेष्डो लघुवित्तको प्रतिसेयर एक सय रुपैयाँको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता सेयर निष्काशन भएको थियो।
जसमा २५ लाख ४८ हजार ३ सय २५ जना आवेदकले २ करोड ९१ लाख ४३ हजार ३ सय कित्ता सेयरको लागि २ अर्ब ९१ करोड ४३ लाख ३० हजार रुपैयाँ बराबरको आवेदन परेको थियो।
जसमा १० कित्ताका दरले बाँडफाँट गर्दा ७७ हजार ४ सय ५६ जनालाई मात्रै सेयर पर्ने देखिएको छ। तीन जनाले ११ कित्ता सेयर पाउनेछन् ।
कम्पनीले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्कासन गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी रू। १७ करोड २१ लाख २५ हजार रहेको छ ।
आईपीओ बाँडफाँटपश्चात् यो पूँजी रू। २५ करोड ५० लाख पुग्नेछ ।