Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

सुनको भाउ तोलाकै १ लाख ३ हजार

सुनको भाउ तोलाकै १ लाख ३ हजार

दैनिकी न्यूज

२३, फाल्गुण २०७८
सुनको भाउ तोलाकै १ लाख ३ हजार
images

काठमाडौं । सुनको भाउ लगातार उकालो लागेको छ। साताको पहिलो कारोबार दिन हिजो तोलामा २ हजारले बढेको सुन आज एक हजार १ सय बढेको छ।

आज छापावाल सुन प्रतितोला १ लाख ३ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी तेजावी सुनको भाउ प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ तोकिएको छ।

अन्तर्राष्ट्रिय बजारमा भाउ बढेपछि स्थानीय बजारमा पनि सुन अकासिएको हो।

यस्तै चाँदीको भाउ आज पनि उकालो लागेको छ। हिजो १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी तोलामा १० रुपैयाँले बढेर १४ सय २५ पुगेको छ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७८ सोमवार - ११:३७:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology