Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

प्रत्येक दिन सुन खरिदमा ठूलो रकम बाहिरिँदै

प्रत्येक दिन सुन खरिदमा ठूलो रकम बाहिरिँदै

दैनिकी न्यूज

२३, फाल्गुण २०७८
प्रत्येक दिन सुन खरिदमा ठूलो रकम बाहिरिँदै
images

काठमाडौं । मुलुकबाट प्रत्येक दिन २० किलो सुन खरिदमा १२ लाख ६० हजार अमेरिकी डलर बाहिरिरहेको थियो। यो प्रतिअमेरीकी डलर १२२.२ को दरले १ खर्ब ५३ अर्व ९२ करोड १६ लाख रुपैयाँ हो। बैंकले प्रतितोला सुनमा ६३ हजार अमेरिकी डलर खर्चिँदै आएको छ।

एकातिर दैनिक आयातीत वस्तुमध्ये सबैभन्दा बढी हिस्सा सुनले ओगट्छ । अर्कोतर्फ यो महँगो वस्तुभित्र पर्छ। अहिले प्रति तोला छापावाला सुनको मुल्य प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ र तेजावी सुनको प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ छ। यसरी सुन आयातका कारण ठूलो भोलममा डलर खर्च हुँदै आएको छ। मुलुकमा विदेशी मुद्राको सञ्चितिमा चाप परेपछि नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा घटाएको छ। अब सुन आयात गर्न अधिकार पाएका वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकले दैनिक १० केजी सुन मात्रै आयात गर्न पाउँछन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७८ सोमवार - ०७:१४:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology