काठमाडौं । आइतबार सेयर बजार झिनो अंकले ओरालो लागेको छ। आज बजार ३ दशमलव ६६ अंकले ओरालो लागेर नेप्से परिसूचक २५४३.३९ को विन्दुमा आएर कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने १.३१ अंकले बढेर ४९०.१३ को विन्दुमा पुगेर कारोबार बन्द भएको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये २३० कम्पनीका ५१ लाख ३९ हजार २३९ कित्ता सेयर २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७३ रुपैयाँको कारोबार भएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ४ वटा समूहको शेयर मूल्य बढेको छ भने बाँकी ९ वटाको घटेको छ ।
यो दिन विकास बैंक समूह सर्वाधिक १.२४ प्रतिशतले बढेको छ । अन्य समूह ०.८५ प्रतिशत, बैकिङ समूह ०.२ प्रतिशत र होटेल तथा पर्यटन समूह ०.०५ प्रतिशतले बढेको छ ।
उता उत्पादन तथा प्रशोधन समूह सर्वाधिक २.०८ प्रतिशतले ओरालो लागेको छ। जीवन वीमा समूह १.२४ प्रतिशत, व्यापार समूह ०.४७ प्रतिशत, जलविद्युत समूह ०.७१ प्रतिशत, वित्त समूह ०.६४ प्रतिशत, निर्जीवन बीमा समूह ०.२ प्रतिशत, लघुवित्त समूह ०.०६ प्रतिशत, म्युचुअल फन्ड समूह ०.२२ प्रतिशत र लगानी समूह ०.१९ प्रतिशतको गिरावट आएको छ।
आज शिवम सिमेन्टको सर्वाधिक १५ करोड २२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड २७ लाख, अपी पावरको ११ करोड १७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ८ करोड ३६ लाख रुपैयाँ, नेपाल टेलिकमको ८ करोड ३१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ६ करोड ६६ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको ६ करोड ६० लाख रुपैयाँ, नबिल बैंकको ६ करोड ४४ लाख रुपैयाँ, युनिभर्सल पावरको ५ करोड ७५ लाख रुपैयाँ र एचआईडीसीएलको ४ करोड ५४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज मैलुङ खोला जलविद्युतका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशतको हाराहारीमा उकालो लागेको छ।
यो दिन शिवम सिमेन्टका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशत बढीले ओरालो लागेको छ।