काठमाडौं। साताको पहिलो दिन आइतबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २००० रुपैयाँले बढेर १ लाख १ हजार ९०० रुपैयाँ पुगेको छ ।
त्यस्तै , तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ४०० रुपैयाँ पुगेको छ ।
यसअघि, शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला १३८० रुपैयाँमा कारोबार भएको थियो ।