Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

इमर्जिङ्ग नेपालको शेयर नेप्सेमा सूचीकृत

इमर्जिङ्ग नेपालको शेयर नेप्सेमा सूचीकृत

दैनिकी न्यूज

२१, फाल्गुण २०७८
इमर्जिङ्ग नेपालको शेयर नेप्सेमा सूचीकृत
images

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेड (ENL) को साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । शुक्रबार कम्पनीको ५५ लाख ५६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सर्वसाधारणमा वितरण गरिएको ५ लाख ५५ हजार ६०० कित्ता र कम्पनीका संस्थापकहरुले लागनी गरेको ५० लाख ४०० कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम १०५ रुपैयाँ ११ पैसा र अधिकतम ३१५ रुपैयाँ ३३ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

नेप्सेले कम्पनीको शेयरलाई ईएनएल (ENL) कारोबार संकेत दिएको छ । उक्त कारोबार संकेतमा कम्पनीको शेयर किनबेच गर्न सकिन्छ ।

images
प्रकाशित मिति :फाल्गुण २१, २०७८ शनिवार - ०८:४९:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology