Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

शिखर इन्स्योरेन्सको हकप्रदमा चैत १ गतेदेखि निष्काशन हुने

शिखर इन्स्योरेन्सको हकप्रदमा चैत १ गतेदेखि निष्काशन हुने

दैनिकी न्यूज

१३, फाल्गुण २०७८
शिखर इन्स्योरेन्सको हकप्रदमा चैत १ गतेदेखि निष्काशन हुने
images

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत १ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

जारी हकप्रदमा माघ २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इन्स्योरेन्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा चैत २१ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले माघ २१ गते बुकक्लोज गरिसकेको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ५२ करोड ७५ लाख ५७२ रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद जारी गर्नेछ ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हाल १ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ रहेको यस इन्स्योरेन्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि २ अर्ब २८ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीले जेठ २५ गते हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले माघ ६ गते स्वीकृति प्रदान गरेको हो। 

images
प्रकाशित मिति :फाल्गुण १३, २०७८ शुक्रवार - ०८:५०:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology