Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

नेप्से दोहोरो अंकले घट्यो

नेप्से दोहोरो अंकले घट्यो

दैनिकी न्यूज

१२, फाल्गुण २०७८
नेप्से दोहोरो अंकले घट्यो
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको अन्तिम दिन आज दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से ५८ दशमलव ९९ अंकले घटेर दुई हजार ६ सय ६१ दशमलब ४४ विन्दुमा आएर कारोबार बन्द भएको छ । आज २२९ कम्पनीको ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९२ रुपैयाँ बराबरको ८४ लाख ९० हजार ६८९ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३.०१ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक, हाइड्रोपावर, निर्जीवन बीमा, जीवन बीमा, माइक्रोफाइनान्स समूह पनि २ प्रतिशतले घटेका छन् ।

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ । आज यस कम्पनीको शेयरमूल्य ९.९१ प्रतिशतले बढेर प्रतिकित्ता ७६५ रुपैयाँ पुगेको छ ।

उच्च अंकले घटेको बजारमा आज युनिभर्सल पावरका सेयरधनीले सबैभन्दा धेरै ५.४७ प्रतिशत गुमाएका छन् । त्यसैगरी, न्यादी हाइड्रोपावर, नयाँ सारथी लघुवित्त र सिद्धार्थ इन्स्योरेन्सको सेयर मूल्य ५ प्रतिशतले घटेको छ । त्यस्तै, घलेम्दी हाइड्रोपावर, बुद्धभूमि नेपाल, आइसीएफसी फाइनान्स, युनाइटेड मोदीको मूल्य साढे ४ प्रतिशतले घटेको छ भने गुराँस लघुवित्त, ग्रामीण विकास लघुवित्त, सेन्टर फाइनान्स, इन्फिनिटी लघुवित्त, सूर्य लाइफ, सिनर्जी पावर, एक्सल डेभलपमेन्ट बैंक र लक्ष्मी लघुवित्तको ४ प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी नेशनल हाइड्रोपावर कमपनीको भएको छ । यस कम्पनीको आज २६ करोड ९७ लाख भन्दा बढीको कारोबार भएको छ । 

images
प्रकाशित मिति :फाल्गुण १२, २०७८ बिहिवार - १५:२१:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology