काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले घटेको छ । आज नेप्से १५.५० अंकले घटेर् दुई हजार सात सय २० दशमलब ४३ विन्दुमा आएर कारोबार रोकिएको हो । मंगलबार नेप्से १७.४२ अंकले बढेर दुई हजार सात सय ३५ दशमलब ९३ विन्दुमा पुगेको थियो ।
आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका ६२ लाख ४७ हजार ७७४ कित्ता सेयर ३ अर्ब १३ करोड १२ लाख १० हजार २८२ रुपैयाँमा किनबेच भएका छन्।
आज नेप्से उपसमूहमा १३ वटामध्ये २ वटामा हरियाली छाएको छ भने ११ वटा समूहको शेयर मूल्य घटेको छ ।
नेप्सेका अनुसार तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा दिव्याश्वरी हाइड्रोपावर, युनाइटेड इदी मर्दी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावर कम्पनी रहेको छ । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।
आज नेपाल फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेका छन्।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज १९ करोड ३७ लाख भन्दा बढीको कारोबार भएको छ ।