Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

बुधबार सुनको मूल्य घट्यो , चाँदी भने बढ्यो

बुधबार सुनको मूल्य घट्यो , चाँदी भने बढ्यो

दैनिकी न्यूज

११, फाल्गुण २०७८
बुधबार सुनको मूल्य घट्यो , चाँदी भने बढ्यो
images

काठमाडौँ।  साताको चौथो दिन बुधबार सुनको मुल्यमा सुनको मूल्य घटेको छ र चाँदीको भने बढेको छ। आज फागुन ११ गते, बुधबार सुन प्रतितोला ५०० रुपैयाँले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

मंगलबार सुन तोलामा ८०० रुपैयाँले बढेको लागेको थियो । त्यस दिन सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको महासंघले जनाएको छ । यस दिन चाँदी प्रतितोला एक हजार ३२० रुपैयाँमा कारोबार हुँदैछ ।

अघिल्लो कारोबार दिन पनि चाँदी तोलामा १५ रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार ३१५ रुपैयाँ पुगेको थियो ।

images
प्रकाशित मिति :फाल्गुण ११, २०७८ बुधवार - १३:०४:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology