काठमाडौँ। नयाँ सारथी लघुवित्त वित्तीय संस्था (एनएसएलबी)ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको छ ।
लघुवित्तले कुल २० प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्तले २०७७ असोज ५ गतेपछि शेयर खरिद गरेका शेयरधनीलाई आयकर लाग्ने भएकाले हालको चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
लघुवित्तको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले सोही दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लाभांश वितरण हुनेछ ।