Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

बुधबार दोहोरो अंकले घट्यो नेप्से

बुधबार दोहोरो अंकले घट्यो नेप्से

दैनिकी न्यूज

४, फाल्गुण २०७८
बुधबार दोहोरो अंकले घट्यो नेप्से
images

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ । एमसीसी संसदबाट पास गर्ने–नगर्ने अन्यौलका बीच सेयर लगानीकर्ता समेत पर्ख र हेरको अवस्थामा रहँदा बजार ओरालो लागेको देखिन्छ । बुधबार १९.८४ अंकले घटेको बजार २७ सय ३४.४४ विन्दुमा आएर रोकिएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३।४७ अंकले घटेर ५१८.६६ को विन्दुमा ओर्लेको छ।

आज नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका ५६ लाख ५२ हजार १८२ कित्ता सेयर ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँमा किनबेच भएका छन्।

बुधबार अन्य र जीवन बीमा उपसमूहबाहेक सबै उपसमूह राताम्य भए । यो दिन अन्य समूह ०.४४ प्रतिशत र जीवन बीमा समूह ०.१४ प्रतिशतले अंकले बढेको छ । उता आज जलविद्युत समूह सर्वाधिक २.१८ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह १.८४ प्रतिशत, बैंकिङ समूह ०.३ प्रतिशत, व्यापार समूह १.४७ प्रतिशत, होटेल तथा पर्यटन समूह १.०८ प्रतिशत, वित्त समूह १.८१ प्रतिशत, निर्जीवन बीमा समूह ०.८५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.३६ प्रतिशत, लघुवित्त समूह ०.७७ प्रतिशत, म्युचुअल फन्ड समूह ०.४५ प्रतिशत र लगानी समूह १.६८ प्रतिशतको गिरावट आएको छ।

घटेको बजारमा समेत बुधबार गुराँस लघुवित्त, ज्योती लाइफ इन्स्योरेन्ससहितका कम्पनीको मूल्य घेरै बढ्यो ।

बुद्धभूमि नेपाल हाइड्रो, मैलुङखोला जलविद्युत, सिंगटी जलविद्युतसहितका कम्पनीको सेयर मूल्य धेरै घटेको छ । 

images
प्रकाशित मिति :फाल्गुण ४, २०७८ बुधवार - १७:०५:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology