Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

ईमर्जिङ्ग नेपालको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

ईमर्जिङ्ग नेपालको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

दैनिकी न्यूज

१, फाल्गुण २०७८
ईमर्जिङ्ग नेपालको आईपिओमा आवेदन दिने आज अन्तिम दिन
images

काठमाडौं । ईमर्जिङ्ग नेपाल लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ २६ गतेदेखि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको छ। बाँकी रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

यो आईपीओमा न्यूनतम १० र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। सीडीएससीको मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको आईपिओमा शुक्रबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपिओमा १८ लाख २ हजार १ सय ८२ जना आवेदकले २ करोड ९ लाख ६९ हजार १ सय ९० कित्ताका लागि आवेदन दिएका हुन् । यो माग गरिए भन्दा ४०.५८ गुणा बढी हो ।

इमर्जिङ नेपालको आईपीओलाई धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासन अनुमति दिएको थियो। 

images
प्रकाशित मिति :फाल्गुण १, २०७८ आइतवार - ०८:५९:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology