Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

बढ्यो कर्जाको ब्याजदर, आइतबारदेखि लागू हुने

बढ्यो कर्जाको ब्याजदर, आइतबारदेखि लागू हुने

दैनिकी न्यूज

१, फाल्गुण २०७८
बढ्यो कर्जाको ब्याजदर, आइतबारदेखि लागू हुने
images

काठमाडौं । कर्जाको ब्याजदर फेरि बढ्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले फागुनदेखि लागू हुने गरी निक्षेपको ब्याजदर बढाएसँगै कर्जाको ब्याजदर पनि बढ्ने भएको हो । शनिबार बैंक तथा वित्तीय संस्थाले फागुनका लागि निक्षेपको ब्याजदर प्रकाशन गरेका छन् । जसअनुसार वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर एकवर्षे मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत पुगेको छ ।

पुसको तुलनामा माघमा मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशत बिन्दुले बढी थियो । यसका आधारमा वाणिज्य बैंकहरूमा संस्थागत एकवर्षे मुद्दती निक्षेपको ब्याजदर १०.०३ प्रतिशत र साधारण बचतको ६.०३ प्रतिशत कायम भएको छ ।

पुस मसान्तसम्म वाणिज्य बैंकहरूमा कर्जाको ब्याजदर औसतमा साढे ११ प्रतिशतभन्दा बढी थियो । सुविधाजनक कर्जाबाहेक सबै कर्जाको न्यूनतम ब्याजदर पनि करिब १२ प्रतिशत हाराहारीमा थियो । अहिले करिब १ प्रतिशत बिन्दुले निक्षेपको ब्याजदर बढेकाले सोही अनुपातमा नयाँ कर्जाको ब्याजदर पनि बढ्ने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए । ‘लागतमा भएको वृद्धिअनुसार कर्जाको ब्याजदर पनि बढ्नु स्वाभाविक हो,’ उनले भने, ‘निक्षेपमा लागत बढेमा बैंकहरूले त्यो लागत ऋणीबाटै असुल्ने हो । यसकारण पनि कर्जाको ब्याजदर बढ्छ ।’ निक्षेपको ब्याजदर बढेसँगै अब कर्जाको ब्याजदर पनि औसतमा १२ प्रतिशतभन्दा माथि पुग्ने उनको अनुमान छ । आजको कान्तिपुर दैनिकबाट

images
प्रकाशित मिति :फाल्गुण १, २०७८ आइतवार - ०७:४८:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology