Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

शुक्रबार पनि बढ्यो सुनको मूल्य, चाँदीको भने स्थिर

शुक्रबार पनि बढ्यो सुनको मूल्य, चाँदीको भने स्थिर

दैनिकी न्यूज

२८, माघ २०७८
शुक्रबार पनि बढ्यो सुनको मूल्य, चाँदीको भने स्थिर
images

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । हिजो ( बिहिबार) प्रतितोला ९३ हजार ९ सयमा कारोबार भएकोमाछापावाल सुनको मूल्य आज तोलामा एक सयले बढेको हो । बिहिबार पनि सुनको भाउ तोलामा पाँच सयले बढेको थियो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदी प्रतितोला रु १ हजार २ सय ८० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम रहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :माघ २८, २०७८ शुक्रवार - ११:०३:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology