Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

आजदेखि इमर्जिङ नेपाल लिमिटेडको आईपीओ विक्री खुला

आजदेखि इमर्जिङ नेपाल लिमिटेडको आईपीओ विक्री खुला

दैनिकी न्यूज

२६, माघ २०७८
आजदेखि इमर्जिङ नेपाल लिमिटेडको आईपीओ विक्री खुला
images

काठमाडौं । इमर्जिङ्ग नेपालले आगामी आजदेखि आईपीओ विक्री खुला गरेको छ । कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरेको हो ।

जसमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । र, बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणलाई जारी गरिने छ ।

यससँगै इच्छुक लगानीकर्ताले माघ २६ गतेदेखि छिटोमा फागुन १ गतेसम्ममा आवेदन दिइसक्नु पर्नेछ । उनीहरुले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

हाल ५० करोड ४० हजार रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओपश्चात ५५ करोड ५६ लाख रुपैयाँ नाघ्ने छ । 

images
प्रकाशित मिति :माघ २६, २०७८ बुधवार - ०७:२९:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology