Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

बिमा समितिले ११ वटा कम्पनीलाई कारबाही गर्यो

बिमा समितिले ११ वटा कम्पनीलाई कारबाही गर्यो

दैनिकी न्यूज

१८, माघ २०७८
बिमा समितिले ११ वटा कम्पनीलाई कारबाही गर्यो
images

काठमाडौं । बिमा समितिले विभिन्न ११ वटा बिमा कम्पनीहरुलाई कारबाही गरेको छ । लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै समितिले कम्पनीहरुलाई कारबाही गरेको हो ।

बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७६–७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीहरुलाई रु १० हजारका दरले जरिवाना गरिएको छ ।

यसरी कारबाहीमा पर्नेमा कम्पनीहरुमा दि ओरियण्टल इन्स्योरेन्स कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बिमा संस्थान, राष्ट्रिय बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ रहेका छन् ।

बिमा ऐन, २०४९ अनुसार बिमा कम्पनीले आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण मान्यता प्राप्त लेखापरीक्षकबाट लेखा परीक्षण गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष सकिएको मितिले १० महिनाभित्र समितिलाई बुझाउनुपर्ने व्यवस्था छ । ती बिमा कम्पनीले यही व्यवस्थाको उल्लंघन गरेको समितिले जनाएको छ ।

images
प्रकाशित मिति :माघ १८, २०७८ मंगलवार - ०८:५६:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology