Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

शुक्रबार पनि घट्यो सुनको भाउ

शुक्रबार पनि घट्यो सुनको भाउ

दैनिकी न्यूज

१४, माघ २०७८
शुक्रबार पनि घट्यो सुनको भाउ
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज (शुक्रबार) पनि घटेको छ । हिजो सुनको भाउ प्रतितोला ९३ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा नौं सय रुपैयाँले घटेको हो । बिहिबार सुनको भाउ तोलामा ९ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको भाउ प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो चाँदीको भाउ प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएकोमा आज घटेर १२ सय ६५ रुपैयाँ भाउ कायम गरिएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :माघ १४, २०७८ शुक्रवार - ११:३३:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology