Logo

शनिवार, आश्विन २४ गते २०८३

images

मंगलबार नेप्से सूचक ५.९२ अंकले घट्यो, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनी

मंगलबार नेप्से सूचक ५.९२ अंकले घट्यो, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनी

दैनिकी न्यूज

११, माघ २०७८
मंगलबार नेप्से सूचक ५.९२ अंकले घट्यो, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनी
images

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ । आज नेप्से ५.९२ अंकले घटेर दुई हजार ८ सय १४ दशमलब ७४ विन्दुमा आएर आजको कारोबार बन्द भएको छ ।

यो दिन नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका ९७ लाख ८४ हजार ६५१ कित्ता सेयर ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ रुपैयाँमा किनबेच भएका छन् । यो दिन ७२ हजार ४०१ वटा कारोबार भएका छन् ।

तर सोमबार नेप्से सूचक १००.१० अंकले घटेर दुई हजार ८ सय २० दशमलब ४१ विन्दुमा रोकिएको थियो ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ ।

आज यी दुबै कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य बढेर आज प्रतिकित्ता ११०६ रुपैयाँ पुगेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४२१.१० रुपैयाँ पुगेको छ ।

कारोबार घटेको बजारमा सबैभन्दा बढी कारोबार गर्नेमा एशियन लाइफ इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सको एकैदिन २६ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि बढेर प्रतिकित्ता १३२२ रुपैयाँ पुगेको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो र तेश्रो स्थानमा क्रमशः अपि पावर र एनआईसी एशिया बैंक रहेका छन् । यी दुई कम्पनीको क्रमशः २२ करोड ८२ लाख र १९ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

images
प्रकाशित मिति :माघ ११, २०७८ मंगलवार - १५:१८:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology