Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

देशको कुल बजेटभन्दा व्यापार घाटा बढी

देशको कुल बजेटभन्दा व्यापार घाटा बढी

दैनिकी न्यूज

१०, माघ २०७८
देशको कुल बजेटभन्दा व्यापार घाटा बढी
images

काठमाडौं । स्वदेशमा उपभोग हुने वस्तुको उत्पादन वृद्धि नहुँदा व्यापार घाटा भयावह बन्दै गएको छ । व्यापार घाटा मुलुकको कूल बजेटको आकारभन्दा ठूलो हुने देखिएको छ ।

चालु आर्थिक वर्ष २०७८–७९ मा मुलुकको कूल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको छ । ६ महिनामा नै व्यापार घाटा करिब ९ खर्ब रुपैयाँ पुगेको छ । यसरी हेर्दा एक वर्षमा व्यापार घाटा करिब १८ खर्ब रुपैयाँ पुग्ने देखिन्छ । यो बजेटको आकारभन्दा पनि ठूलो हो ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्म व्यापार घाटा ८ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । पोहोर साल सोही अवधिमा व्यापार घाटा ६ खर्ब रुपैयाँ थियो ।

धेरै आयात हुने वस्तुमा इन्धन रहेको छ । १ खर्ब २० अर्ब रुपैयाँभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास आयात भएको छ । समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :माघ १०, २०७८ सोमवार - ०८:०७:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology