Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

आज नेप्से दोहोरो अंकले घट्यो

आज नेप्से दोहोरो अंकले घट्यो

दैनिकी न्यूज

४, माघ २०७८
आज नेप्से दोहोरो अंकले घट्यो
images

काठमाडौं । लगातार बढिरहेको सेयर बजारमा मंगलबार दोहोरो अंकले घटेको छ । बजार आज १० दशमलव ७८ अंकले घटेको २९३६.६६ को विन्दुमा आएर कारोबार बन्द भएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका १ करोड ६० लाख ४ हजार ५३० कित्ता सेयर ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६२ रुपैयाँमा किनबेच भएका छन्।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ४ वटामा मात्रै हरियाली छाएको छ भने ९ वटा समूहको शेयर मूल्य घटेको छ । यो दिन अन्य समूह सर्वाधिक १.३२ प्रतिशतले बढेको छ । होटेल तथा पर्यटन समूह १.२९ प्रतिशत, म्युचुअल फन्ड समूह १.२१ प्रतिशत र बैंकिङ समूह १.१८ प्रतिशतले बढेको छ । आज व्यापार समूह सर्वाधिक २.६३ प्रतिशतले बट्यो । वित्त समूह २.६१ प्रतिशत, विकास बैंक समूह २.४७ प्रतिशत, जलविद्युत समूह १.०३ प्रतिशत, लगानी समूह २.३८ प्रतिशत, जीवन बीमा समूह १.१९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २.३९ प्रतिशत, लघुवित्त समूह १.५७ प्रतिशत र निर्जीवन बीमा समूह १.३३ प्रतिशतले घटेको छ।

यो दिन अपी पावरको सर्वाधिक २८ करोड ११ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको २५ करोड ७१ लाख, नेपाल टेलिकमको २५ करोड १९ लाख, आईएमई जनरल इन्स्योरेन्स २४ करोड ५६ लाख, हिमालयन डिस्टिलरीको २० करोड ४८ लाख, एनआईसी एसिया बैंकको १९ करोड १ लाख, अप्पर तामाकोशीको १८ करोड ८० लाख रुपैयाँ, मध्यभोटेकोशी जलविद्युतको १७ करोड ४१ लाख रुपैयाँ, एचआईडीसीएलको १५ करोड ४२ लाख रुपैयाँ र प्रभु बैंकको १५ करोड १६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज सामलिंग पावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ९ प्रतिशत बढीले उकालो लागेको छ। मध्यभोटेकोशी जलविद्युतको सेयरमूल्यमा पनि ८ प्रतिशत बढीको बढोत्तरी भएको छ।

यो दिन मानुषी लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरमूल्यमा ५ प्रतिशतको गिरावट आएको छ। 

images
प्रकाशित मिति :माघ ४, २०७८ मंगलवार - १५:५१:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology