काठमाडौँ। मंगलबार सुनको मूल्य बढेको छ । माघ ४ गते, मंगलबार सुन तोलामा १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ पुगेको छ । यसैगरी यस दिन तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि छापावाल सुन तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।
मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेको थियो ।