Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

शेयर बजारमा उछाल, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनी

शेयर बजारमा उछाल, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनी

दैनिकी न्यूज

२, माघ २०७८
शेयर बजारमा उछाल, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनी
images

काठमाडौं । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको छ। आज नेप्से सूचक ६९ अंकले बढी परिसूचक २९२६.७४ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । यसँगै नेप्से चार महिनायताकै उच्च विन्दुमा पुगेको हो। यसअघि नेप्से भदौ २९ गते २९ सय २९.२९ विन्दुमा पुगेर बन्द भएको थियो।

आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रुपैयाँमा किनबेच भएका छन्।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ५.६२ प्रतिशतले बढेको छ । अन्य समूह ३.०९ प्रतिशत, बैंकिङ समूह २.१४ प्रतिशत, व्यापार समूह २.५ प्रतिशत, होटेल तथा पर्यटन समूह १.७२ प्रतिशत, विकास बैंक समूह २.७७ प्रतिशत, जलविद्युत समूह २.२२ प्रतिशत, वित्त समूहमा २.१६ प्रतिशत, निर्जीवन बीमा समूह २.०४ प्रतिशत, अन्य समूह ३.०९ प्रतिशत, लघुवित्त समूह १.९७ प्रतिशत, जीवन बीमा समूह २.४१ प्रतिशत, म्युचुअल फन्ड समूह १.५४ प्रतिशत र लगानी समूह १.९९ प्रतिशतले बढेको छ ।

यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ३६ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको ३० करोड ४४ लाख रुपैयाँ, अप्पर तामाकोशीको २९ करोड ७४ लाख रुपैयाँ, शिवम सिमेन्टको २६ करोड ३३ लाख रुपैयाँ, निफ्राको २५ करोड ४१ लाख रुपैयाँ, एचआईडीसीएलको २३ करोड २१ लाख रुपैयाँ, नेपाल टेलिकमको २१ करोड ६९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २१ करोड ५५ लाख रुपैयाँ, ङादी ग्रुप पावरको २० करोड ५३ लाख रुपैयाँ र नबिल बैंकको २० करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज ४ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयरभाउमा १० प्रतिशत तथा मध्य भोटेकोशी जलविद्युत र किसान लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। हिमालयन डिस्टिलरी र सिन्धु विकास बैंकको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा बढेको छ ।

आज बोटलर्स नेपाल ९तराई० र मनकामना स्मार्ट लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी कम्पनीका सेयरभाउ ३ प्रतिशतको हाराहारीमा ओरालो लागेका छन्। 

images
प्रकाशित मिति :माघ २, २०७८ आइतवार - १६:३५:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology