Logo

शनिवार, आश्विन २४ गते २०८३

images

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, कति दिँदैछ बोनश ?

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, कति दिँदैछ बोनश ?

दैनिकी न्यूज

३०, पौष २०७८
प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, कति दिँदैछ बोनश ?
images

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७–०७८ को नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनश र कर प्रयोजनका लागि ० दशमलव ५८ प्रतिशत नगद लाभांश सहित कुल ११ दशमलव ५८ लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुस २९ गते बसेको संचालक समितिको बैठकले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश बीमा समितिले स्वीकृति गरी कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब १६ करोड रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश पारित भए सँगै कम्पनीको चुक्ता पूँजी एक अर्ब २८ करोड रुपैयाँ पुग्नेछ । बीमा समितिले बीमा कम्पनीहरुलाई नगद लाभांशमा रोक लगाए सँगै कम्पनीले बोनश शेयर मात्रै दिने घोषणा गरेको हो । 

images
प्रकाशित मिति :पौष ३०, २०७८ शुक्रवार - १०:५५:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology