Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्से दोहोरो अंकले बढ्यो

नेप्से दोहोरो अंकले बढ्यो

दैनिकी न्यूज

२९, पौष २०७८
नेप्से दोहोरो अंकले बढ्यो
images

काठमाडौं । साताको अन्तिम कारोबार दिन विहीबार नेप्से सूचक दोहोरो अंकले बढेको छ ।

आज नेप्से ५४ दशमलव १२ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २ हजार ८५७.६२ को विन्दुमा आएर कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.९४ अंकले बढेर ५३०.८३ को विन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका १ करोड १८ लाख ३४ हजार २१६ कित्ता सेयर ६ अर्ब ६६ करोड ९७ लाख ५८ हजार ५६७ रुपैयाँ बराबरको किनबेच भएका छन् । यस दिन ७७ हजार ६६८ वटा कारोबार भएका छन् ।

तर हिजो (बुधबार) नेप्से सूचक आज नेप्से ३०.५१ अंकले घटेर २८०३.६२ को विन्दुमा आएर कारोबार बन्द भएको थियो । यस दिन नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता सेयर ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७४२ रुपैयाँमा किनबेच भएको थियो । 

नेप्सेमा हरियाली छाउँदा आज सर्वाधिक अपर तामाकोशीको कारोबार भएको छ । कम्पनीको ३४ करोड ३१ दाख ४३ हजार २४५ रुपैयाँको कारोबार भएको हो । त्यस्तै, अपि पावरको २३ करोड २३ लाख, निफ्राको २२ करोड २९ लाख, एचआइडिसिएलको २१ करोड ९४ लाख र हिमालयन डिस्टिलरीको १४ करोड ४४ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा मध्यभोटेकोशी जलविद्युत कम्पनी, माउन्टेन हाइड्रो नेपाल, कर्णाली डेभलपमेन्ट बैंक र शिवश्री हाइड्रोपावर कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् ।      

त्यस्तै, आज नबिल डिभेञ्चर २०८५ को शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ ।

images
प्रकाशित मिति :पौष २९, २०७८ बिहिवार - १५:०७:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology