काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारका पहिलो दिन आज (आइतबार) दोहोरो अंकले बढेको छ । आज नेप्से ७३.१ अंकले बढेर २ हजार ७ सय ६५ दशमलब ४७ विन्दुमा पुगेर आजको कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १३.२१ अंकले उकालो लागेर ५१९.३७ को विन्दुमा पुगेको छ।
आज कारोबारमा आएका २३९ कम्पनीको १ करोड ५० लाख ५८ हजार ६ सय २१ कित्ता शेयर खरीद बिक्रिबाट ७ अर्ब १० करोड १८ लाख बराबरको कारोबार भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन व्यापार समूह सर्वाधिक ६.०८ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ५.४९ प्रतिशतले बढेको आज बैंकिङ समूहमा १.९१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.१६ प्रतिशत, जलविद्युत समूहमा ४.९६ प्रतिशत, वित्त समूहमा ५.१६ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.१३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.९३ प्रतिशत, अन्य समूहमा ३.१३ प्रतिशत, लघुवित्त समूहमा १.३५ प्रतिशत, जीवन बीमा समूहमा १.९९ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.३९ प्रतिशत र लगानी समूहमा ४.१४ प्रतिशतको बढोत्तरी आएको छ।
आज अपि पावरको सबैभन्दा धेरै २९ करोडको कारोबार भएको छ । त्यस्तै प्रभु बैंकको २० करोड ८६ लाख , अपर तामाकोशी २० करोड १५ लाख र शिवम् सिमेन्टको १९ करोड ३९ लाखको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज नौं कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा हिमालयन उर्जा विकास कम्पनी, युनाईटेड हाइड्रोपावर, मध्यभोटेकोशी जलविद्युत कम्पनी, नेपाल हाइड्रो डेभलपर्श, आइसीएफसी फाइनान्स, न्यादि हाइड्रोपावर, प्रोगेसिभ फाइनान्स कम्पनी, हाइड्रो इलेक्ट्रोसिटी एण्ड डेभलपमेन्ट कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् ।
त्यस्तै, आज धेरैजसो डिबेञ्चरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज २९ करोड भन्दा बढीको कारोबार भएको छ ।