ललितपुर । अरुणिमा बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज महालक्ष्मीस्थान, ललितपुर स्थित डिलाइट पाटी भेन्यूमा संस्थाको साधारणसभा सम्पन्न भएको हो ।
सभाको उद्घाटन प्रमुख अतिथी युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले गरे । कार्यकारी निर्देशक अधिकारीले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको स्मरण गरे । उनले सहकारीहरुले अब ठूलो परिणामको नतिजा दिनका लागि मर्ज गर्नु पर्ने आवश्यकता रहेको पनि विचार व्यक्त गरे ।
संस्थाका अध्यक्ष रामशरण घिमिरले साधारणसभा समक्ष संचालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन तथा आगामी आवको कार्यक्रम तथा बर्षिक बजेट पेश गरेका थिए । संस्थाले आर्थिक वर्ष २०७७/७८ मा २ करोड १० लाख ९१ हजार ९०० रुपैंया शेयर पूँजी तथा ३० करोड ४२ लाख ४३ हजार ८०८ रुपैंया बचत संकलन गरेको उनले सभा समक्ष जानकारी दिए । त्यसैगरी संस्थाले ५० करोड २ लाख ६६ हजार ७७१ कर्जा लगानी गरेको छ ।
संस्थामा हाल ९ सय ८५ जना सदस्य आबद्ध रहेका छन् । साधारण सभाले सदस्यलाई १८ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावसमेत पारित गरेको छ । ललितपुरको लगनखेलमा प्रधान कार्यालय रहेको संस्थाले आ.व २०७८–७९ महालक्ष्मी–८ लुभु, गोदावरी–१० चापागाउँ, ललितपुर–१० कुपन्डोल र खोकनामा सेवा केन्द्र खोल्ने लक्ष्य राखेको छ ।