काठमाडौँ। बुधबार नेप्सेमा दुइ बैंकको बोनस शेयर सुचिकृत भएको छ। यस दिन नेप्सेमा सानिमा बैंक र कामना सेवा विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ ।
बुधबार सनिमा बैंकको १ करोड ६४ लाख ५८ हजार ५८२.४४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
यस्तै कामना सेवा विकास बैंकको पनि ४९ लाख ९ हजार १३२.९०३ कित्ता बोनस शेयर नेप्सेमा सूचीृकत भएको छ । कामना सेवा बैंकले गत आर्थिक वर्षको शेयरधनीलाई वितरण गरेको १८.५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
बुधबार सूचीकृत यी दुवै बैंकको बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।